नेकपाका सांसद को कता ? आज थाहा हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र सांसद तानातान चलिरहेको छ । विधिवत रुपमा विभाजन भइनसकेपनि केपी शर्मा ओली पक्ष तथा प्रचण्ड-माधव पक्षले सकेसम्म धेरै सांसद आफ्नो पक्षमा पार्न सक्दो कसरत गरिरहेका छन् ।

शीर्ष नेताहरुले नै पार्टीभित्र सांसद तानातानको अवस्था रहेको स्वीकारेका छन् । यसका लागि उनीहरु भगिरथ प्रयत्न गरिरहेका छन् । यसै क्रममा नेकपाका सांसद को कतातिर भन्ने कुराको छिनोफानो शुक्रबार लाग्ने भएको छ ।

किनभने शुक्रबार नेकपाको प्रचण्ड-माधव पक्षको संसदीय दलको बैठक बस्दैछ । बैठक सिंहदरबारमा दिउँसो १ बजे बस्न लागेको हो । बैठकमा नेकपाका सबै सांसदहरूलाई बोलाइएको छ । तर सबै सांसद भने बैठकमा उपस्थित हुने छैनन् । आज उपस्थित हुने सांसदको संख्याका आधारमा यो पक्षसँग कति सांसद छन् भन्ने तय हुनेछ ।

यस्तै ओली समूहको संसदीय दलको बैठक भोलि (शनिबार) बोलाएको छ । यो समूहले पनि नेकपाका सबै सांसदलाई बैठकमा उपस्थित हुन एसएमएस गरेर बोलाएको छ ।

प्रतिक्रिया