मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

निर्वाचन आयोग जाने तयारीमा प्रचण्ड-नेपाल समूह

काठमाडौँ । नेकपा प्रचण्ड-नेपाल समूहको स्थायी कमिटीे बैठक बस्दैछ । पेरिसडाँडामा सुरु हुन लागेको बैठकमा पार्टीको आधिकारिकता र समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

बैठकको निर्णयपछि आजै निर्वाचन आयोग जाने तयारी भएको स्थायी कमिटी सदस्य पम्फा भुषालले जानकारी दिइन् । उनका अनुसार केन्द्रीय कमिटीका सदस्यहरुको नागरिकता, परिचयपत्र र हस्ताक्षरसहित आधिकारिकता माग गर्दै आयोग जाने तयारी भएको हो ।

यसका लागि दिउँसो १२ बजे केन्द्रीय कमिटीका नेताहरुलाई पेरिसडाँडा बोलाइएको छ । प्रतिनिधि सभा विघटनपछि दुई समूहमा विभाजित नेकपा प्रचण्ड-नेपाल र ओली समूह आफूलाई आधिकारिक दाबी गर्दै आएका छन् । तर निर्वाचन आयोगले भने दुवै समूहलाई मान्यता दिएको छैन् ।

प्रतिकृयाहरु
Loading...