केपी समूहका केन्द्रीय सदस्य म्यादी प्रहरी जस्तै : नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीले विस्तार गरेको केन्द्रीय कमिटीका सदस्यलाई ‘म्यादी प्रहरी’को संज्ञा दिएका छन् ।

शनिबार धनगढीमा आयोजित आफू निकट कार्यकर्ताको बिरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले ओलीले जबरजस्ती केन्द्रीय कमिटीको सदस्यता बाँडेका सदस्य हाल सकडछाप भएको टिप्पणी गरे ।

कार्यक्रममा अध्यक्ष नेपालले ओलीलाई आत्मसमीक्षा गरेर आए अझै पनि पार्टीमा स्वागत गर्न तयार रहेको पनि बताए । उनले ईतिहासको पाङ्ग्रा उल्टो घुम्न नसक्ने भन्दै ढिला गरे रामराम भन्नुको बिकल्प नभएको बताए ।

प्रतिक्रिया