‘न्यायपालिकाले मर्यादापूर्वक आफ्नो भूमिका निर्वाह गर्छ’

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाले सर्वोच्च अदालतले आफ्नो भूमिका मर्यादापूर्वक पालना गर्ने प्रतिबद्धता जनाएका छन् । प्रधानन्यायाधीश राणाले सर्वोच्च अदालत बार एसोसिएसनका नवनिर्वाचित पदाधिकारीसँगको भेटमा यस्तो प्रतिबद्धता जनाएका हुन् ।

सर्वोच्च अदालत बार एसोसिसनका अध्यक्ष पूर्णमान शाक्यले देशको भाग्य र भविष्यको निर्णय गर्ने जिम्मा सर्वोच्च अदालतमा भएको बताएपछि प्रधानन्यायाधीश राणाले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

प्रधानन्यायाधीश राणाले न्यायपालिकाको स्वतन्त्रतामा विभिन्न ढंगले हस्तक्षेप भएको उल्लेख गर्दै स्वतन्त्रता रक्षाका लागि नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसियसनले अग्रणी भूमिका निर्वाह गर्ने अपेक्षा गरेकाे बताए ।

मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्ने निर्णय सदर गरेकाे बिराेधमा दायर भएका १३ वटा रिट निवेदनमाथि सर्वोच्च अदालतकाे संबैधानिक इजलासमा सुनुवाई भइरहेको छ । सुनुवाईकै समयमा प्रधानन्यायाधीशको प्रतिबद्धतालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया