‘पोहोर मरिन् सासू, अहिले आयो आँसु’

काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जनयुद्ध र जनआन्दोलनमा सहभागी भएर प्रभावित भएकालाई सम्मान गर्ने सरकारको निर्णयप्रति कटाक्ष गरेका छन् ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले मुलुकमा अग्रगामी लोकतान्त्रिक परिवर्तनका लागि भएका सबै आन्दोलनमा सहभागीहरुलाई सम्मानका लागि आवश्यक प्रतिवेदन बनाउन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको थियो । सोहि निर्णयप्रति कटाक्ष गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराइले भने, ‘पोहोर मरिन् सासू, अहिले आयो आँसु !’

प्रतिक्रिया