राष्ट्रपति र प्रधानमन्त्रीले दिए बाइडनलाई बधाई

काठमाडौँ । राष्ट्रपति र प्रधानमन्त्रीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बधाई दिएका छन् ।

बधाई सन्देश दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले बाइडनको कार्यकालमा नेपाल अमेरिका सम्बन्ध अझ गहिरो र विस्तार हुने विश्वास व्यक्त गरेकी छन् । परराष्ट्र मन्त्रालयका अनुसार नेपालको सामाजिक आर्थिक विकासका लागि अमेरिकी सहयोगको सह्राना पनि राष्ट्रपतिले गरेकी छन् ।

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले अमेरिकी समकक्षी कमला ह्यारिसलाई बधाई सन्देश पठाउँदै नयाँ अमेरिकी प्रशासनको लैंगिक समानता, सामाजिक न्याय र जलवायु परिवर्तन जस्ता सामयिक मुद्दाको सह्राना गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति जो बाइडनलाई बधाई सन्देश पठाएका छन् । उनले बाइडेनको सफल कार्यकालको शुभकामना दिँदै नेपाल र अमेरिकाको मित्रवत् सम्बन्धलाई प्रगाढ बनाउन बाइडेन प्रशासनसँग काम गर्न आफू इच्छुक रहेको बताए ।

अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित बाइडनले नेपाली समयअनुसार बुधबार राति पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।

प्रतिक्रिया