‘प्रमोदले झुक्याएर हस्ताक्षर गराए’ राज सिग्देल

गायक राज सिग्देलले प्रमोद खरेलले खाली कागजमा हस्ताक्षर गराएको आरोप लगाएका छन् । हिजो मात्रै राजेश पायल राइले समेत यही आसयको पोस्ट सामाजिक सन्जालमा गरेका थिए । राज लेख्छन्,लिना भाउजु पुलिस हिरासतमा हुनुहुन्छ भन्ने खबरले म दुखि छु।

बिन्दवासिनी म्युजिक कम्पनी सुबाश दाई र गायक प्रमोद खरेल दाई बिचको ब्यक्तिगत लेनदेन र हिसाबकिताब मलाई केहि पनि थाहा छैन ।

मैले स्रस्टाको आफ्नो अधिकार सुनिस्चित गरौं कम्पनि सङ्ग भएका आफ्ना सृजनाहरु र सृजनाले कमाएका अर्थ नियम कानुन बमोजिम फिर्ता मागौं आज म अन्याय मा परेको छु! भन्ने जस्ता जेनेरल कुराहरुमा मेरो पनि सहमत छ भनेर गायक प्रमोद खरेल ज्यु ले ल्याउनु भएको सेतो कागज राम्रो सङ्ग पढ्दा पनि न पढि वहाँकै बिस्वासमा हस्ताक्षर गरेको हो।
वहाँहरुको ब्यक्तिगत मुद्दामा मेरो हस्ताक्षर सहितको कागज पनि स्टिज गरेर उजुरी गरिएको कुरा मलाई जानकारी थिएन ।

यो कुरा म सम्पुर्ण महानुभाव हरुलाई स्पस्ट गराउन चाहन्छु कृपया!!

मैले पुलिस चौकिमा बिन्दवासिनी म्युजिक कम्पनि बिरुद्द उजुरी हाल्नको लागी पनि साइन गरेको होइन ।

अन्याय कसैलाइ पनि नहोस न्यायको जित होस् सहमतिको कुनै बाटो रोज्न म सम्वन्धित दुवै पक्षलाई अनुरोध गर्दछु ।”
बिन्ध्यबासिनी म्युजिक र गायक प्रमोद खरेल विवादमा खरेल लगायत ५७जना संगीतकर्मीको सामुहिक हस्ताक्षर संकलन गरी उजुरी दिएका थिए । यसै उजुरीको आधारमा प्रहरीले लिना शर्मालाई गिरफ्तार गरेको छ भने प्रहरीले रेग्मीको खोजी कार्य जारीरहेको बताएको छ । खरेल भने अदालतमा गएको बिषयमा बोल्न नमिल्ने बताउदै तर्किदै आएका छन् ।
एक पछि अर्को गर्दै हस्ताक्षर कलाकार आफुले गरेको होइन भन्ने प्रतिकृया आउँदै गर्दा खरेल माथि नै प्रश्न चिन्न खडा भएको छ ।

प्रतिक्रिया