शर्मा र म्युजिक कम्पनी बिरुद्ध मेरो हस्ताक्षर थिएन – राजेश पायल राई

काठमाडौं । बिन्ध्यबासिनी म्युजिक र गायक प्रमोद खरेल विवाद अदालतको ढोकासम्म पुगेको छ । खरेल लगायत ५७जना संगीतकर्मीको सामुहिक हस्ताक्षर संकलन गरी सामाजिक सन्जालमा कम्पनी संचालक सुवास रेग्मीले सामाजिक सन्जालमार्फत गालीगलौज गरेको भन्दै उजुरी दिएका थिए । यसै उजुरीको आधारमा प्रहरीले लिना शर्मालाई गिरफ्तार गर्‍यो ।

तर हस्ताक्षर गर्ने मध्येका एक राजेश पायल राईले सामाजिक सन्जालमा पोस्ट सार्वजनिक गर्दै यस प्रकारको कुनै कागजमा हस्ताक्षर नगरेको बाताएका छन् । रेग्मीले गालीगलोज गर्नु गलत भएको र दिन बाकी रकम दिनुपर्ने बताउदै उनले सम्झाउने हिसावले मात्रै हस्ताक्षर गरेको भनेका छन् । जुनकुरा गर्न खरेल स्वयम उन्लाई भेट्न पुगेका थिए रे । ‘मेरो हस्ताक्षरको कारण लीनाजी नभएर रेग्मी पक्राउ पर्नु पर्ने हो । मेरो चासो म्युजिक कम्पनी होइन ।’ यो आसयको पोस्ट उनले फेसबुक मार्फत गरेका छन् ।

उनले घुमाउरो पारामा आफ्नो हस्ताक्षरको दुरुपायोग खरेलले गरेको आरोप लगाएका छन् । खरेल भने अदालतमा गएको बिषयमा बोल्न नमिल्ने बताउदै तर्किदै आएका छन् ।

मेरो हस्ताक्षर लिना रेग्मी बिरुद्व थिएन खाली सुबास जि ले कलाकारलाई, अझ गायकहाँरुलाई गाली गलोज,तथानाम गाली गर्छ मेरो…

Posted by Rajesh Payal Rai on Saturday, January 16, 2021

प्रतिक्रिया