अर्जुनले दिए रियासालाई ‘जाले रुमाल बैना’

काठमाडौं । लोकप्रिय –चर्चित गायिका मेलिना राई र गायक पुरुषोत्तम गैरेको स्वरमा सजिएको ‘जाले रुमाल बैना’ बोलको गीत सार्वजनिक भएको छ ।

सार्वजनिक उक्त गीतको म्युजिक भिडियोमा मोडल रियासा दाहाल र अर्जुन न्यौपानेको रोमान्स देख्न सकिन्छ । विमल पौडेलको शब्द, गायक गैरेकै संगीत रहेको गीतमा विस्वास नेपालको एरेन्ज रहेको छ ।

काजी श्रेष्ठको कोरियोग्राफी, अर्जुन तिवारीको छायाँकन रहेको उक्त गीतलाई दिपक बिस्टले सम्पादन गरेका हुन् । काजी श्रेष्ठकै निर्देशन रहेको भिडियो ओमकला भुर्तेलले निर्माण गरेकी हुन् ।

भिडियो यहाँ हेर्न सकिन्छ:

प्रतिक्रिया