पल र रेश्मा ‘क्या मज्जा आको’ भन्दै नाचे (भिडियोसहित)

काठमाडौं । लोकप्रिय गायिका मेलिना राई र गायक एवम् सर्जक राजनराज सिवाकोटीको स्वरमा सजिएको नयाँ गीत सार्वजनिक भएको छ । ‘क्या मज्जा आको’ बोलको नयाँ गीत सार्वजनिक भएकाे हो । उक्त गीतलाई एजिएल इन्टरटेन्मेन्टको अफिसियल युुट्युुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

उक्त गीतमा राजनराजकै शब्द एवम् संगीत रहेको छ । नाट्य शैलीमा सुरु हुने म्युजिक भिडीयोमा नायक पल शाह र रेश्मा घिमिरेले अभिनय गरेका छन् । उक्त गीतको भिडियोमा हाँस्य अभिनेता तथा निर्देशक निर्मल शर्मालाई पनि देख्न सकिन्छ ।

उक्त गीतको भिडियोमा गम्भीर विष्टको निर्देशन नवराज उप्रेतीको सिनेमेटोग्राफी, कन्सेप्ट र कोरिओग्राफी रहेको छ भने गीतलाई नविन निरौलाले सम्पादन गरेका हुन् ।

भिडियो यहाँ हेर्न सकिन्छ :

प्रतिक्रिया