टेलिचलचित्र ‘चार दुना नौ’ एनटीभीमार्फत् प्रसारण हुने

काठमाडौं । नेपाली हाँस्य टेलिचलचित्र ‘चार दुना नौ’ निर्माण भएको छ । टेलिचलचित्र यहि पुष २३ गतेबाट बिहिबार साँझ ७ बजे नेपाल टेलिभिजनमार्फत प्रसारण हुने निर्देशक छेडुप लामाले जानकारी दिएका हुन् ।

नेपाल पर्यटन बोर्डमा भएकाे कार्यक्रममा राजाराम पौडेल, छेडुप लामा, रेशम बुढाथोकी लगायतका कलाकारको उपस्थिति थियो ।

हालसम्म जुम्ला, मुगु र काभ्रेमा छायाँकन गरिएको यो टेलिचलचित्रका अब केहि भाग दोलखामा छायाँकन हुने छ ।

यो टेलिचलचित्र नेपालको पर्यटन, संस्कृती, प्राकृतिक बिबिधता, भाषा, जात, धर्म र पर्वहरुको संरक्षण गर्नका लागि बज्रलिंक प्रा.ली द्धारा निर्माण गरिएको हो । देशको आर्थिक बिकाशका लागि पर्यटनको मुख्य भूमिका रहने भएकोले यो टेलिचलचित्र निर्माण गरेको यसको निर्माण टिमले बताएको छ ।

बिभिन्न जिल्लाका जिल्लाबासी, स्थानिय सरकारको सहयोग, आन्तरिक तथा बाह्रय पर्यटक र युवाहरुको रोजगारीका लागि यो टेलिचलचित्रले महत्वपूर्ण भूमिका खेल्ने निर्माण टिमको विश्वास रहेको छ । यो टेलिचलचित्र प्रत्येक जिल्लामा ३ देखि ५ भागसम्म छायाँकन हुने छ ।

यो टेलिचलचित्र जुम्ला मुगु र दोलखामा गरि ८ भागको छायाँकन कार्य सकिएको छ । यसमा राजाराम पौडेल, रविन्द्र झा, रेशम बुढाथोकी, रामबाबु रेग्मी, गोबिन्द सुनार, अस्मिता बस्नेत, सोबिना अधिकारी, संगम राई, दिप्त प्रकाश काश्यप, कबिता न्यौपाने, सुस्मिता गिरी, भगवती खड्का, रोहित खड्का, रिदम श्रेष्ठलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

उक्त टेलिचलचित्रमा छेडुप लामाको निर्देशन रेशम बुढाथोकीको लेखन कर्मा डि लामा, गणेश तामाङ र कुइसाङ तामाङ रुम्बाको लगानी रहेको छ ।

प्रतिक्रिया