शिशिर योगीको ‘स्वार्थी माया’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । लोकप्रिय गायक शिशिर योगीको नयाँ गीत सार्वजनिक गरिएको छ । गायक योगीको स्वर एवम् संगीत रहेको ‘स्वार्थी माया’ बोलको गीत सार्वजनिक गरिएको हो । उक्त गीतलाई चन्द्र सुुर्य संगीत यात्राको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।

उक्त गीतलाई एन बि अधिकारीले लेखेका हुन् भने, बिबि अनुरागीले एरेञ्ज गरेका हुन् । गीतमा गायक प्रकाश सपुत, अन्जली अधिकारी र निक्स शर्मा फिचर्ड छन् ।

उक्त म्युजिक भिडियोमा देबेन्द्र बब्लुको निर्देशन  वुद्ध थापा टिमको सिनेमाटोग्राफर र प्रविन भट्टको सम्पादन रहेको छ ।

भिडियोलाई यहाँ हेर्न सकिन्छ :

प्रतिक्रिया