बागमती प्रदेशकाे संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन
२०७७ पुस १५ गते

|नेकपा नेतृ अष्टलक्ष्मी शाक्य। तस्वीरः फाइल|
काठामाडाैं । सत्तारूढ नेकपाकाे नेपाल-दाहाल समूहले बागमति प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ । काठमाडौंस्थित पेरिसडाँडामा बसेको प्रचण्ड-माधव समूहको प्रदेश सांसदको बैठकले साे निर्णय गरेकाे हाे ।
मुख्यमन्त्री डोरमणि पौडेलकाे ठाउँमा शाक्य चयन भएकी हुन् । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध गत १० पुषमा अविश्वासको प्रस्ताव दर्ता भएको छ । जसमा भावी मुख्यमन्त्रीको रुपमा उनै शाक्यलाई प्रस्ताव गरिएको थियाे ।
२०७७ पुस १५ गते
प्रतिक्रिया
सम्बन्धित








