प्रताप र तुलसाको ‘नौ तले घर’ बजारमा (भिडियोसहित)

काठमाडौं । गायक प्रताप दास र गायिका तुलसा लिम्बुको स्वर रहेको ‘नौ तले घर’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

डान्सिङ शैलीको गीतमा डिपी खनालको शब्द र तारा प्रकाश लिम्बुको संगीत रहेको छ । गीतमा निरज श्रेष्ठको एरेञ्ज रहेको छ ।गीतको भिडियोमा कार्टुन क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्माको साथमा गम्भीर बिष्ट र करिष्मा सिंह ठकुरीको अभिनय देख्न सकिन्छ ।

नवराज उप्रेतीको छायाँकन, नविन निरौलाको सम्पादन रहेको गीतको कोरियोग्राफी तथा निर्देशन गम्भीर विष्टले नै गरेका हुन् ।

भिडियो यहाँ हेर्न सकिन्छ :

प्रतिक्रिया