शर्मिला र कुुशलको ‘६ महिना’ बजारमा (भिडियोसहित)

काठमाडौं । वरिष्ठ एवम् लोकप्रिय गायिका शर्मिला गुरुङको नयाँ गीत सार्वजनिक भएको छ । गायिका गुरुङ र गायक कुशल बेलबासेको कर्णप्रिय आवाजमा सजिएको ‘६ महिना बोलको गीत सार्वजनिक भएको हो । उक्त गीत गायिका गुरुङकै अफिसियल युट्युुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

उक्त गीतमा गायिका गुरुङकै शब्द तथा संगीत रहेको छ भने, बिबि अनुरागीको एरेञ्ज रहेको छ । सो गीतलाई स्यामस्वेत रसाइलीले मिक्सिङ गरेका हुन् । गीतको अडियो एवम् भिडियो निकै नै उत्कृष्ट बनेको छ । उक्त म्युजिक भिडियोमा मोडलद्धय रञ्जिता गुरुङ, अन्जित पोख्रेल र इश्वर बाबु फिचर्ड छन् ।

निर्देशक प्रकाश भट्टको निर्देशनमा तयार भएको उक्त म्युजिक भिडियोमा शम्भु चालिसेको सिनेमाटोग्राफी र विष्णु शर्माको सम्पादन रहेको छ ।

भिडियो यहाँ हेर्न सकिन्छ:

 

प्रतिक्रिया