प्रबिन र समिक्षाको ‘लाईदेउ माया’ मा बले र गरिमाको अभिनय

काठमाडौं । गायक प्रबिन बेडवाल र गायिका समिक्षा अधिकारीको आवाजमा रहेको ‘लाईदेउ माया’ सार्वजनिक भएको छ । उक्त गीतमा गणेश उप्रेतीको शब्द र पुरुषोत्तम न्यौपानेको संगीत एवम् एरेञ्ज रहेको छ ।

उक्त गीतको म्युजिक भिडियोमा सागर लम्साल (बले), गरिमा शर्मा, गणेश उप्रेती र सपना ताम्राकार फिचर्ड छन् । निर्देशक शक्ती प्रजोवल घिमिरेको निर्देशनमा तयार भएको उक्त म्युजिक भिडियोमा प्रबिन थापाको कोरियोग्राफी -स्टोरी र निर्देशक घिमिरेकै सम्पादन रहेको छ ।

भिडियो यहाँ हेर्न सकिन्छ:

प्रतिक्रिया