अमृत क्षेत्री र शान्ती श्री परियारको ‘को हो ? को हो ’ सार्वजनिक

काठमाडौं । गायक अमृत क्षेत्री र गायिका शान्ती श्री परियारको आवाज रहेको ‘को हो ? को हो’ बोलको गीत बजारमा आएको छ । उक्त गीतलाई खेम सेञ्चुरी युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

उक्त गीतमा सर्जक नेत्र अर्यालको शब्द र खेम सेञ्चुरीको संगीत रहेको छ भने कृष्ण बि कको एरेञ्ज रहेको छ ।

म्युजिक भिडियोमा मोडलद्धय खेम सेञ्चुरी, करिष्मा ढकाल र चक्र बम फिचर्ड छन् । निर्देशक प्रकाश भट्टको निर्देशनमा तयार भएको उक्त म्युजिक भिडियोमा अम्मर सुनारको कोरियोग्राफी र विष्णु शर्माको सम्पादन रहेको छ ।

भिडियो यहाँ हेर्न सकिन्छ :

प्रतिक्रिया