खेम र शान्ती श्रीको ‘मुग्लानी’ बजारमा (भिडियोसहित)

काठमाडौं । लोकप्रिय गायक एवम् सर्जक खेम सेञ्चुरीको नयाँ गीत सार्वजनिक भएको छ । सुभारम्भ डिजिटलको निर्माणमा तयार भएको ‘मुग्लानी’ बोलको म्युजिक भिडियो हिजो मात्र सार्वजनिक गरिएको हो । गीतमा गायक खेम सेञ्चुरी र गायिका शान्ती श्री परियारको सुमधुर आवाज भरिएको छ ।

सर्जक नेत्र अर्यालले कोरेको शब्दमा गायक सेञ्चुरीले संगीत भरेका छन् । जसमा बिनोद बाजुरालीको एरेञ्ज रहेको छ । उक्त गीत सुभारम्भ डिजिटलको अफिसियल युट्युब च्यानलबाट बजारमा आएको हो । गीतको अडियो–भिडियो निकै नै उत्कृष्ट बनेको छ ।

उक्त म्युजिक भिडियोमा खेम सेञ्चुरी, सारिका केसी, शम्भु कुवंर, बिनोद भण्डारी र इश्वर बाबु बिक फिचर्ड छन् । प्रकाश भट्टको निर्देशन रहेको सो भिडियोमा बिकाश ज्ञावलीको सम्पादन रहेको छ ।

भिडियोलाई यहाँ हेर्न सकिन्छ :

प्रतिक्रिया