गरिमाले पललाई किन भनिन् पर्दैन पर्दैन

काठमाडौं । नायक पल शाहको नयाँ म्युुजिक भिडियो सार्वजनिक भएको छ । पछिल्लो समय पलका म्युजिक भिडियो दैनिक रुपमा आइरहेका छन् । केहि दिन अगाडि मात्र ‘पर्दैन पर्दैन’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको हाे ।

गायिका बेनिशा पौडेल र सुरेश लामाको स्वर हरेको उक्त गीतको शब्द सरोज वलीले कोरेका हुन् भने, दिपक शर्माले संगीत भरेका हुन् । मोडलद्धय पल शाह, गरिमा शर्माकाे मुख्य भूमिका रहेकाे भिडियाेमा अर्जुन आचार्य, अन्ज हमाल, गीता थापा, रामचन्द्र पोखरेल लगायतको पनि अभिनय रहेकाे छ ।

गायक एवम् सर्जक सरोज वलीको निर्देशनमा तयार भएको भिडियोमा सुनिल क्षेत्रीको कोरियोग्राफी अमन मानन्धरको सम्पादन रहेको छ ।

भिडियो यहाँ हेर्न सकिन्छ: 

प्रतिक्रिया