एलिनाको स्वरमा सुधिरको अभिनय ‘ए सुनन भनन’ बजारमा (भिडियोसहित)

काठमाडौं । चर्चित एवम् लाकप्रिय गायिका एलिना चौहान र सिडि बिजय अधिकारीको आवाजमा रहेको ‘ए सुनन भनन’ बोलको गीत भर्खरै मात्र बजारमा आएको छ । उक्त गीतलाई गायक अधिकारीकै अफिसियल युट्युुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

उक्त गीतमा गायक अधिकारीकै शब्द–संगीत रहेको छ भने,राजु कार्कीको एरेञ्ज रहेको छ । सो गीतको अडियो एवम् भिडियो निकै नै उत्कृष्ट बनेको छ । भिडियाेमा मोडलद्धय सुधिर श्रेष्ठ, सन्तोष बाँनिया, समिक्षा बस्नेत र सुप्रिया खनाल फिचर्ड छन् ।

उत्तम श्रेष्ठको निर्देशन रहेको म्युजिक भिडियोमा सुुबोल थापाको कोरियोग्राफी रहेको छ । भिडियाेलाई ज्ञानेन्द्र शर्मा हुमागाईले खिचेको हुन् भने, अमृत चापागाईले सम्पादन गरेका हुन् ।

भिडियो यहाँ हेर्न सकिन्छ:

प्रतिक्रिया