समिक्षा र सुनिलको ‘केटो अलि कमाउने होस’ बजारमा

काठमाडौं । चर्चित एबम् लोकप्रिय संगीतकार अर्जुन पोखरेलको संगीतमा तयार भएको नया गीत भर्खरै मात्र सार्वजनिक गरिएको छ । गायिका समिक्षा अधिकारी र गायक सुनिल कटुवालको आवाजमा सजिएको ‘केटो अलि कमाउने होस’ बोलको म्युजिक भिडियाे सार्वजनिक गरिएको छ । गीतको शब्द दिग्गज धौरालीले कोरेका हुन् ।

बुधबार राजधानीमा एक कार्यक्रम गरि गीतलाई बिशाल इन्टरटेन्मेन्टको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । उक्त कार्यक्रमा संगीतकार अर्जुन पोखरेल, सुधिर श्रेष्ठ, समिक्षा अधिकारी, सुनिल कटुवाल लगायतका कलाकारहरुको उपस्थिति रहेको थियो ।

गीतको अडियो तथा भिडियो दुबै निकै नै उत्कृष्ट बनेको छ । सो गीतमा सुधिर श्रेष्ठ, श्रिया सिटौलाको मुख्य भुमिका रहेको छ भने, अजय श्रिस र अस्मिता अधिकारी पनि फिचर्ड छन् ।

बिधान कार्कीको निर्देशनमा तयार भएको भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका हुन् ।

भिडियोलाई यहाँ हेर्न सकिन्छ :

प्रतिक्रिया