लोकप्रिय सर्जक शिव हमालको ‘भिरमा सेती गाई’ बजारमा (भिडियोसहित)

काठमाडौं । लोकप्रिय एवम् चर्चित गायिका विष्णु माझि र गायक विरु लामाको स्वरमा सजिएको ‘भिरमा सेती गाई’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतलाई सर्जक शिव हमालको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

उक्त गीतमा लोकप्रिय सर्जक शिव हमालको शव्द–संगीत रहेको छ भने सुनिल परियारको एरेञ्ज रहेको छ ।
सो गीतको अडियो तथा भिडियो निकै नै उत्कृष्ट बनेको छ । गीतमा सागर लम्साल ‘बले’ र रुबना अधिकारी फिचर्ड छन् ।

उक्त गीतमा निर्देशन तथा कोरियोग्राफी मौसम हिमालीको रहेको छ भने, प्रबिन भट्टको सम्पादन रहेको छ ।

भिडियो यहाँ हेर्न सकिन्छ :

प्रतिक्रिया