खेम सेञ्चुरीको ‘धोबी बगर’ बजारमा (भिडियोसहित)

काठमाडौं । लोकप्रिय गायक तथा सर्जक खेम सेञ्चुरीको नयाँ गीत बजारमा आएको छ । खेम सेञ्चुरी, कल्पना दाहाल, रबिना बसेल, आयुषा गौतम, अमृत साप्कोटा र ओम सेञ्चुरीको आवाज रहेको ‘धोबी बगर’ बोलको गीत बजारमा आएको छ । गीतलाई सुभारम्भ डिजिटलको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हाे ।

उक्त गीतमा सर्जक नेत्र अर्यालको शव्द र गायक खेमको संगीत रहेको छ भने, बिनोद बाजुरालीको एरेञ्ज रहेको छ । सो गीतमा खेम सेञ्चुरी, गीता ढुङ्गाना, आयुषा गौतम, रबिना बसेल, ऐश्वर्या सुनुवार र उपासाना सार्की फिचर्ड रहेका छन् ।

गीतलाई निर्देशक तथा कोरियोग्राफर सुनिल क्षेत्रीको रहेको छ भने, बिकाश ज्ञावलीको सम्पादन रहेको छ ।

भिडियो यहाँ हेर्न सकिन्छ :

प्रतिक्रिया