धरानका वाइवाइ नेपाल स्टार लामालाई सहयोग जुट्दै

धरान । वाइवाइ नेपाल स्टारको टप टेनमा आउन सफल सुरिलो स्वरका धनी उदयीमान गायक सन्देश बम्जन लामालाई भोटिङका लागि आर्थिक सहयोग स्वस्फुर्त जुट्दै आएको छ । गायक लामा सुनसरी कै एक मात्र प्रतिष्पर्धी हुन् ।

धरानका विभिन्न संघसंस्था, पेशाकर्मी, उद्योगी, व्यवसायी, खेलकर्मी तथा संगीतप्रेमीहरुबाट लामालाई वाइवाइ नेपाल स्टारमा प्रथम बनाउन निरन्तर सहयोग जुट्दै आएको हो ।

यसै वीच नेपाल तामाङ घेदुङले पनि लामालाई पहिलो चरणमा १२ हजार ९ सय रुपैया एक कार्यक्रमका वीच सहयोग प्रदान गरेको छ । घेदुङले लामालाई विजयी गराउन वडास्तरवाटै निरन्तर अभियान सञ्चालन गर्ने बताएको छ ।

नेपाल तामाङ घेदुङ, धरानको राष्ट्रिय वाणिज्य बैंक, धरानमा रहेको खाता नं. २१६०००३१२१०१ मा स्वेच्छिक रुपले सक्दो रकम जम्मा गरी सहयोग गर्न तथा प्रत्येक शनिवार राती ८ः५० देखि विहिवार राती १२ बजेसम्म NS13 टाइप गरी ३३००१ मा सक्दो एसएमएस गर्न समेत घेदुङले स्वदेश तथा विदेशमा रहेका सुनसरी जिल्लावासी महानुभावहरुलाई अपिल गरेको छ ।

कार्यक्रममा नेपाल तामाङ घेदुङका केन्द्रीय सल्लाहकार सुजेन्द्र गोले, सुनसरी जिल्ला अध्यक्ष सुरज पाख्रिन, जिल्ला उपाध्यक्ष पृथ्वीवहादुर मोक्तान, धरान नगर अध्यक्ष पे्रम वाइवा, महिला घेदुङका सुनसरी अध्यक्ष विष्णु मोक्तान, गायक लामाका वुवा पशुपति बम्जन लामा, अभियानकर्मी रोहन केसी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया