प्रकाश र अनिताको ‘फुटेका चुरा’ मा नम्रताकाे अभिनय (भिडियोसहित)

काठमाडौं । लोकप्रिय गायक तथा सर्जक प्रकाश सपूत र गायिका/सञ्चारकर्मी अनिता चलाउनेको नयाँ गीत ‘फुटेका चुरा’ सार्वजनिक गरिएको छ । गीतलाई प्रकाशकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशकै शब्द तथा संगीत रहेको गीतमा अन्य सातजना गायक तथा गायिकाहरुको कोरस स्वर रहेको छ । गीतमा योजेश काजीको एरेन्ज रहेको छ । गीतको भिडियोमा गायक प्रकाशसँगै नायिका नम्रता श्रेष्ठको मुख्य अभिनय रहेको छ । नम्रता रानी र प्रकाश सपुत सिपाहको भूमिकामा छन् ।

यस्तै बुगी उगी विजेता कविता नेपाली र गायिका चलाउनेसँगै निरज पन्थी पनि भिडियोमा प्रस्तुत छन् । नवराज उप्रेतीको सिनेम्याटोग्राफी रहेको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका हुन् भने कोरियोग्राफी गम्भिर विष्टको रहेको छ ।

भिडियोलाई यहाँ हेर्न सकिन्छ :

प्रतिक्रिया