सम्झनाको ‘छोरा पायो बुहारी धनी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । चर्चित गायिका सम्झना भण्डारी गायक राजन कार्की र सन्तोष अधिकारीको आवाजमा रहेको ‘छोरा पायो बुहारी धनी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतलाई राजन कार्कीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गायक कार्कीको शव्द संगीत रहेको सो गीतमा बिनोद बाजुरालीको एरेञ्ज रहेको छ । उक्त गीतको म्युजिक भिडियोमा बिक्रम चौहान, नम्रता खरेल, तेजेन्द्र गौतम र सोनिका पौडेल फिचर्ड छन् ।

सो गीतमा मोडल एंव निर्देशक बिक्रम चौहानको निर्देशन, प्रकाश खड्काको छायाँकन र मिलन बिश्वकर्माको सम्पादन रहेको छ ।

भिडियो यहाँ हेर्न सकिन्छ :

प्रतिक्रिया