खेम र शान्ती श्रीको ‘मिर्सी खानेलाई’ सार्वजनिक

काठमाडौं । लोकप्रिय गायक तथा सर्जक खेम सेञ्चुरी र गायिका शान्ती श्री परियारको सुमधुर आवाजमा सजिएको ‘मिर्सी खानेलाई’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त म्युजिक भिडियोलाई बोधि डिजिटलको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतमा लोकप्रिय सर्जक प्रल्हाद सुवेदीले कोरेको शब्दमा प्रसाद लामिछानेले संगीत भरेका छन् भने कृष्ण के सीले एरेञ्ज गरेका हुन् । उक्त गीतको अडियो तथा भिडियो निकै नै उत्कृष्ट बनेको छ । गीतमा लोमस शर्मा र जुना सुन्दास फिचर्ड छन् ।

उक्त गीतमा कुमार केसीको निर्देशन,मौसम हिमालीको कोरियोग्राफि र अधिनायक मान शेरचनको सम्पादन रहेको छ ।

भिडियोलाई यहाँ हेर्न सकिन्छ :

प्रतिक्रिया