बिवाह सम्बन्धी पाँच गीत एकसाथ सार्वजनिक

काठमाडौं । बिवाह सम्बन्धी पाँच गीत सार्वजनिक भएका छन् । गीतकार विनिता खनालले बिबाह सम्बन्धी एल्बम ‘लगनगाँठो’ सार्वजनिक गरेकी छिन् । आइतबार आयोजित एक कार्यक्रममा उनले एल्बममा समावेश ५ गीत सार्वजनिक गरेकी हुन् ।

उक्त एल्बममा ‘आयो है आयो (मेहेन्दी गीत), धुतुरी धुतुरी बाजा बजाई(जन्ती गीत), दौरा सुरुवाल चिटिक्कै(रत्यौली गीत), विदाइ गर्न छोरी तिमिलाई (दुलही अन्माउने गीत) र छमछम पाउजु(रिसेप्सन गीत) आदि समावेश गरिएकाे छ । उक्त कार्यक्रमका बिच एल्बममा समावेश पाँचैै वटा गीतहरुको म्यूजिक भिडियो सार्वजनिक गरिएको थियो । उक्त एल्वमका गीतहरुमध्ये ‘मेहेन्दी’ गीत युटुबमा सार्वजनिक गरिएको छ ।

यो एल्बममा किरण कँडेलको संगीत रहेको छ ।‘आयो है आयो’ गीतमा प्रविशा अधिकारी, धुतुरी धुतुरी बाजा बजाईमा मेलिना राई र श्रीवास्तव खरेल, दौरा सुरुवाल चिटिक्कैमा मिना निरौला, बिदाइ गर्न छोरी तिमीलाईमा बानिका प्रधान र छमछम पाउजुमा निकिता थापा र प्रताप दासको स्वर रहेको छ ।

पाँचवटै विवाहका गीतमा विजु पार्की र रेश्मा घिमिरे दुलहा र दुलहीको भूमिकामा देख्न सकिन्छ । भिडियोमा अभिषेक श्रेष्ठ, शर्मिला मल्ल, शिशिर राणा लगायतको अभिनय पनि हेर्न सकिन्छ । सो एल्वमको पाँचै वटा भिडियोमा सुव्रतराज आचार्यले निर्देशन उत्सव दाहाल र उत्तम हुमागाँइको छायांकन, विकास दाहालको सम्पादन रहेको छ ।

भिडियाे यहाँ हेर्न सकिन्छ:

प्रतिक्रिया