बाबु कृष्णकाे ‘कर्कलो’ मा प्रकाश र केकिकाे अभिनय (भिडियाेसहित)

काठमाडौं । लाेकप्रिय गायक बाबु कृष्ण परियार र गायिका विष्णु माझिकाे कर्णप्रिय आवाजमा सजिएको ‘कर्कलो’ बजारमा आएको छ । उक्त गीतलाई नेपाली मनको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

विजय दर्पनले कोरेको शब्दमा योगेश काजीले संगीत भरेका छन् भने, काजीले नै एरेञ्ज गरेका छन् । उक्त गीतको अडियो तथा भिडियो निकै नै उत्कष्ट बनेको छ ।

पछिल्लो समयका सर्वप्रिय गायक प्रकाश सपुत र नायिका केकि अधिकारीले सो गीतमा न्यायपुर्ण ढङ्गले अभिनय गरेका छन् । निर्देशक राजकुमार मगरले निर्देशन र सम्पादन गरेको उक्त गीतको म्युजिक भिडियोमा अजय रेग्मीले छायाँकन गरेका छन् ।

पछिल्लो समय विष्णु माझिको आवाजमा गीतहरु कमै आउन थालेका छन् । माझिका श्रीमान सुन्दरमणि अधिकारीले उनको पारिश्रमीक बढाएका कारण उनको आवाजमा गीतहरू कम रेकर्ड हुन थालेका हुन् । तर अहिले भने फाट्ट फुट्ट उनको आवाजमा गीत रेकर्ड हुन थालेका छन् ।

भिडियो यहाँ हेर्न सकिन्छ:

 

प्रतिक्रिया