राजा राजेन्द्रको ‘नेपाली कमेडि शो’ हिजोबाट प्रशारण

काठमाडौं । चर्चित तथा लोकप्रिय हास्य व्यंग्य कलाकार राजा राजेन्द्र पोखरेलद्वारा निर्मित ‘नेपाली कमेडी शो’ हिजोदेखि प्रसारण भएको छ ।

स्ट्याण्ड–अप कमेडीमा आधारित नयाँ कार्यक्रम ‘नेपाली कमेडी शो’ जनता टेलिभिजन एचडीबाट प्रत्येक बुधवार राति ८:४५ बजेदेखि प्रसारण हुने भएको छ । कार्यक्रम प्रसारणपश्चात् उक्त शाेलाई टेलिभिजनको यूट्युब च्यानलमा पनि हेर्न सकिने छ । उक्त शाेलाई निर्देशक उज्वल प्रशान्तले निर्देशन गरेका छन् ।

शोमा कलाकारहरु राजा राजेन्द्र पोखरेल, सुवोध गौतम, दिनेश काफ्ले, प्रभात लामा, राधिका कँडेल, सुन्दर खनाल, कल्पना खतिवडा, सुयासा खनाल आदिको धमाकेदार प्रस्तुति  रहेको छ ।

भिडियाे यहाँ हेर्न सकिन्छ:

प्रतिक्रिया