चलचित्र ‘आर्या’को पहिलो गीत सार्वजनिक

काठमाडौं । चैत ११ गतेदेखि कोरोना संक्रमण रोकथामका लागि देशे भरि लकडाउन भयो । लकडाउन भएसँगे ठप्प भएको नेपाली चलचित्र क्षेत्र अझैसम्म पनि खुल्न सकेको छैन् ।

कहिलेबाट खुल्ने हो अझै अन्योलमा नै छ चलचित्र क्षेत्र । भिडभाड हुने अन्य क्षेत्रहरु खुलिसकदा पनि चलचित्र क्षेत्र भने खुल्न सकेको छैन् । सरकार चलचित्र क्षेत्रलाई सुचारु सुचारु गर्ने विषयमा गम्भीर नदेखिएकोमा चलचित्रकर्मीहरुको गुनासो रहेको छ । दशैं र तिहारमा राम्रो व्यबसाय हुने यो सिजनमा पनि चलचित्र क्षेत्र नखुल्दा अब कहिले खुल्ने होङ्गो छैन् ।

निर्माण सम्पन्न भएका धेरै चलचित्रहरु सरकारले हल खोल्न अनुमति दिएपछि प्रदर्शन हुने तयारीमा छन् । त्यस्तै अभिनेत्री शिल्पा पोखरेल अभिनीत चलचित्र ‘आर्या’ पनि सरकारको अनुमतीको प्रखाइमा रहेको छ । यसबीचमा सो चलचित्रको पहिलो गीत ‘हाम्रो धर्ती’ सार्वजनिक गरिएको छ । गीतमा मेलिना राइको स्वर, राम सिटौलाको संगीत र लक्ष्मण सिटौलाको शब्द रहेको छ ।

दिव्यराज सुवेदीको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको सो गीतको भिडियोमा नेपालको राष्ट्रिय झन्डालाई प्रयोग गरिएको छ । उक्त गीतमा उपेन्द्र तिमिल्सिनाको निर्देशन रहेको छ । चलचित्रमा अनुप विक्रम शाही, प्रकाश शाह, रवि गिरी, सुशिल पोखरेललगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया