अब त स्टेजमा गएर ‘नमस्ते’ भन्न पनि बिर्सियो कि जस्तो लाग्न थालिसक्यो : खुमन अधिकारी

  • एन्जिला क्षेत्री

काठमाडौं । लोक गीतसंगीतमा कुनै समय एकछत्र राज गर्ने गायक हुन् खुमन अधिकारी । स्याङ्जामा जन्मिएर हुर्किएका खुमनले औपचारिक रुपले विसं २०६२सालदेखि गीतसंगीतमै केही गर्छु भन्ने सोच बोकेर राजधानी काठमाडौं प्रवेश गरेका थिए । सानैदेखि गाउने-नाँच्ने गर्ने उनी अहिले भने एक सु–प्रसिद्ध गायकका रुपमा सु–परिचिल छन् । खुमन सानोमा गाउने भन्दा पनि धेरै नाँच्ने गर्थे ।

उनी गाउँमा नृत्य सिकाउने कोरियोग्राफर नै थिए । नृत्य सिकाउने गरेता पनि उनको मनमा भने गायक नै बन्छु भन्ने थियो । भनिन्छ– सानैदेखि देखेको सपना पूरा गर्न राम्रोसँग लगनशील भएर मेहनत गरिन्छ । जन खुमनले पनि राम्रैसँग गरे । उनी संघर्षका दिनहरुमा पनि नडगमगाई निरन्तर लागिरहे र अहिले चर्चित लोकप्रिय गायकको रुपमा परिचित छन् ।

राम्रोसँग मेहनत गर्यो भने त्यसको फल एक न एक दिन अवश्य मिल्छ भन्ने कुरालाई आत्मसाथ गरेर अगाडि बढिरहेछ । तिन बर्षसम्म दोहोरी साँझमा पनि काम गरे खुमनले । त्यसपछि भने अलि अलि स्टेज कार्यक्रमहरु एल्बमहरु गरेपछि उनलाई जीविकोपार्जन गर्न अलि सहज भयो । अनि दोहोरी साँझमा काम गर्न छोडे । तर, अहिले उनै खुमन लामो समयको बन्दाबन्दीले निम्त्याएको समस्याबाट गुज्रिएका छन् । प्रायःजसो यो समय स्टेजका कार्यक्रमहरुमा व्यस्त रहने खुमन यो वर्ष लामो समय घरमै बस्नुपर्दा गाह्रो भएको सुनाउँछन् ।

देश विदेशका हरेक कार्यक्रममा व्यस्त हुने उनी अहिले बिगत लामो समयसम्म घरमै बस्नुपर्दा छटपटाइरहेका छन् । उनी मात्र होइन, हरेक कलाकारहरु घरमा बस्नुपर्दा फ्रस्टेसनमा गइन्छ कि भन्ने चिन्ता लाग्न थालेको बताउँछन् । तर, अहिले केही समययतादेखि भने अलि अलि म्युजिक भिडियोको कामहरु भने भइरहेको छ । खुमन भन्छन् –‘पहिला पहिला त घरमा बस्दा रमाइलो नै भयो । मिठो मिठो बनायो खायो । अलि पछि त दिक्दारीपनले सताउन थाल्यो फ्रसटेसनमा गइन्छ कि जस्तो पनि भयो । अहिले अलि अलि म्युजिक भिडियोको कामहरु हुन्छ थोरै भए पनि आनन्दको राहत मिलेको छ ।’

सधैं क्यामरा, स्टुडियो र लाखौं दर्शकहरुको माझमा खेलिरहने उनीलाई अहिले दर्शकको अगाडि गएर नमस्ते सन्चै हुनुहुन्छ भन्न पनि बिर्सिएँकि झै लाग्छ । उनी यो समयमा सबै भन्दा धेरै स्टेज कार्यक्रमहरुलाई मिस गरेको पनि सुनाउँछन् । स्टेजमा लाखांै दर्शकको अगाडि जाँदा मनमा एक किसिमको आनन्द आउने, केही समय मात्र भए पनि मनका दुःख–पीडा हराउने अझ भनौं काम पनि हुने दाम पनि हुने । नयाँ ठाउँमा फरक र नयाँ दर्शकहरुसँग सँगै रमाउन पाउने ।

खुमन स्टेजमा पुग्दा यसै स्टेज तातिएको हुन्छ । गाउँदै नाँच्दै दर्शकहरुलाई पूरा मनोरञ्जन दिने उनी अहिले त्यो समय कहिले आउला भनेर पर्खिरहेका छन् ।

प्रतिक्रिया