‘कहिले माया देखायाैं २’ मा निता र बले

काठमाडौं । पछिल्लो समयकी चर्चित गायिका एलीना चौहान र गायक सम्राट चाैलागाइको आवाजमा सजिएको ‘कहिले माया देखायाैं २’ मुटुमा जोडौला बोलको गीत सार्वजनिक भएको छ ।

सो गीतलाई गायक सम्राटकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । लेखु सहयात्रीले कोरेको शब्दलाई गायक स्वयमले संगीत भरेका छन् । उक्त गीतमा नायिका निता ढुङगाना र सागर लम्साल ‘बले’को फिचर रहेको छ ।

सुरेन्द्र बसेलको निर्देशन र छायांकान रहेको सो गीतलाई बिर बहादुर थारुले सम्पादन गरेका छन् ।

भिडियो यहाँ हेर्न सकिन्छ:

प्रतिक्रिया