प्रमोद आफ्नो ४० औं जन्मदिन मनाउँदै

काठमाडौं । बहुप्रतिभाशाली गायक प्रमोद खरेलको आज ४० औं जन्मदिन हो । बि.सं २०३७ सालमा भारतको शोषितपुरमा जन्मिएका प्रमोद आमा विष्णु शर्मा खरेल र बुवा बलभद्र खरेलको पहिलो सन्तान हुन् ।

उनलाई सामाजिक सञ्जालमा जन्मदिनको शुभकामना दिनेहरुको उर्लिदो जमात रहेको छ । सानैदेखि गीत संगीतमा झुकाब राख्ने प्रमोद बिभिन्न किसिमका गीत संगीतहरु सुन्ने गर्थे ।

झापाको हिमाली माध्यामीक विद्यालयबाट प्रवेशिका परिक्षा उत्तिर्ण गरेका उनि उच्च शिक्षाको लागि काठमाडौं हानिएका थिए । काठमाडौंमा आएर प्रमोदले पढाइ सँगसँगै संगीतलाई पनि निरन्तरता दिन थाले ।

भनिनछ, जब मान्छेलाई संगीतले तान्छ तब अरु कुनै कुरामा ध्यान जादैन । संगीतले एकोहोरो बनाउन थाले पश्चात उनलाई पढाईको लागि समय निकाल्न निकै हम्मे हम्मे पर्न थाल्यो । तर संगीतले पढाइलाई जति नै असर पारेपनि उनले पढाइलाई निरन्तरता भने दिइ नै रहे । अन्ततः प्रमोदले त्रिभुवन विश्वविद्यालयबापट रसायन विज्ञानमा स्नातकोत्तर गरे । त्यसपछि भने उनले पिरामीड कलेज र ह्वाइड गोल्ड कलेजमा प्रबक्ताको रुपमा पनि काम गरेका थिए ।

द भ्वाइस अफ नेपालका जज रहेका प्रमोद धनगढि प्रिमियर लिगको दोस्रो संस्करणका गुडविल राजदुत समेत भएका थिए । प्रमोद गायक मात्र होइनन् । उनि एक अब्बल गीतकार तथा संगीतकार पनि हुन् । उनि अहिले एक सफल गायकका रुपमा परिचित छन् ।  हालसम्म २००० भन्दा बढि गीतसंगीतहरु दर्शकसामु पस्किसकेका प्रमाेद पाश्र्व गाएक पनि हुन् । प्रमाेदले आफ्नो कार्यकालमा धेरै गीतहरु गाइसकेता पनि उनको जिवनको टर्निङ पोइन्ट भने ‘मेरो दिल छ पोखरामा’ बोलको गीतले बदलेको थियो । प्रमोद अहिले ब्यवसायिक रुपले पनि सफल मानिन्छन् ।

‘मेरो दिल छ पोखरामा, ओइ झुमा,अन्त माया लाको भए, म बिना कसैकसैलाई, छाती चिरेर, भुपु माया, अर्केलाई रोज्दै छौ कि, बरु मार, लगायतका दर्जनौ चर्चित गीतहरु दर्शकलाई पस्केका छन् प्रमाेदले।

प्रमाेदलाई जन्मदिनकाे शुभकामना

प्रतिक्रिया