सम्झनाको ‘मलेखु’ ले लोकप्रियता कमाउँदै (भिडियोसहित)

काठमाडौं । लोकप्रिय गायिका सम्झना भण्डारी र बिरु लामाको स्वरमा सजिएको ‘मलेखु’बोलको गीत बजारमा आएको छ । उक्त गीतलाई गायिका सम्झनाको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

भरत बारकोटिले कोरेको शब्दमा लोकप्रिय सर्जक तथा संगीतकार बसन्त थापाले संगीत भरेका छन् । सो गीतको अडियो तथा भिडियो निकै नै उत्कृष्ट बनेको छ ।

उक्त गीतको भिडियोमा सम्झना, बिरु र सिर्जना रेस्मी मगरको फिचर रहेको छ । निर्देशक प्रकाश भट्टको निर्देशन रहेको सो गीतलाई राजेश घिमिरेले खिचेका छन् भने, विष्णु शर्माले सम्पादन गरेका छन् ।

भिडियो यहाँ हेर्न सकिन्छ:

 

प्रतिक्रिया