‘निरमाया’ मा पुष्प, चक्र र कबिता

काठमाडौ । लाेकप्रिय गायिका अन्जु पन्त गायक निश्चल गुरुङ र रबिन गुरुङको ‘निरमाया’ बोलको गीत बजारमा आएको छ ।

शिव हमालको शब्द तथा संगीत रहेको सो गीतको भिडियोलाई सर्जक हमालकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हाे । गीतको अडियो तथा भिडियो निकै नै उत्कृष्ट बनेको छ ।

गीतको भिडियोमा नायक पुष्प खड्का, डान्सर कविता नेपाली तथा गायक तथा मोडल चक्र बमको अभिनय रहेको छ । मौसम हिमालीको निर्देशन रहेको भिडियोमा प्रविन भट्टको सम्पादन रहेको छ ।

भिडियो यहाँ हेर्न सकिन्छ :

प्रतिक्रिया