सम्झना र पुरुषोत्तमकाे ‘भैलीको आशिष’ बोलको तिहार गीत बजारमा (भिडियो सहित)

काठमाडौं । अहिलेको समय हिन्दु धर्मावलम्वीहरुको महान पर्व दसैं र तिहारको समय हो ।

यही समयमा कलाकारहरुले दसैं र तिहारका गीतहरु धमाधम बजारमा ल्याइरहेका छन् । त्यस्तै अहिलेकी लोकप्रिय गायिका सम्झना भण्डारी र गायक पुरुषोत्तम पौडेलको ‘भैलीको आशिष’ बोलको गीत बजारमा आएको छ ।

सो गीतलाई गायक पौडेलकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । गीत निकै नै उत्कुष्ट बनेको छ । अडियो भिडियो दुबै हेर्न र सुन्न लाएकको बनेको छ । गीतको शब्द शिव पौडेलले कोरेका हुन् भने, संगीत गायक पुरुषेत्तमले नै भरेका हुन् । उक्त गीतमा कलाकार ओबि रायमाझी, सारिका केसी, लोमस शर्मा र अनुपा अधिकारीले फिचर गरेका छन् ।

निर्देशक कपिल लामाको निर्देशन रहेको सो गीतको भिडियोलाई दिपक गिरीले खिचेका हुन् भने, शिव पौडेलले सम्पादन गरेका हुन् ।

भिडियो यहाँ हेर्न सकिन्छः

प्रतिक्रिया