मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

३ सय ६५ दिन देशलाई सराप्ने खेती कुन देशको सभ्यताभित्र पर्छ ?

बाघले जंगलमा गरेको भव्य विवाहमा नबोलाएको झोंकमा एउटा मुसालाई बाघको सेखी झार्ने सनक चढेछ । सेखी त झार्ने तर कसरी ? उसले आइडिया निकाल्यो–‘आफ्नै सानदार विवाह गर्ने र बाघलाई ननिम्त्याउने ।’

बाघलाई देखाउन झारेझुरेसँग लगनगाँठो कसेर भएन । कन्याको छनोटका लागि लिस्ट तयार भयो । सूर्यजस्तो तेजवान र शक्तिशाली संसारमा कोही छैन । सूर्यकै छोरी किन नमाग्ने ? सूर्यलाई खुशी पार्न अन्तरध्यानमा बस्यो । सूर्य खुशी भएर नजिकै आई बर माग्न भने । उसले भन्यो–‘म तपाईंकी छोरीसँग विवाह गर्न चाहन्छु ।’ सूर्यले कुटनीतिक उत्तर दिँदै भने–‘त्यो त मेरो लागि अहोभाग्य हुन्थ्यो तर म भन्दा शक्तिशाली त बादल हो । जसले मेरो शक्ति क्षीण गरिदिन्छ । बरु यो आग्रह बादलसँग गर ।’

मुसोले बादलसँग उही माग दोहोर्यायो । बादलले पनि आफूलाई हावाले तह लगाउने हुनाले हावासँग प्रस्ताव राख्न भन्यो । हावा पनि के कम ? उसले पनि पहाडले आफ्नो बेग रोकिदिने क्षमता राख्ने भएकाले पहाडसँग कुरा गर्न सुझायो । मुसो पहाडसामु उपस्थित भएर विवाहको प्रस्ताव राख्यो ।

पहाडले व्यथा सुनाउँदै भन्यो–‘म भन्दा शक्तिशाली मेरो भीमकाय शरीरको फेदमा बस्ने काली नाम गरेको मुसा छ । त्यो मुसाले मेरो शरीर खनेर ओडार बनाएर थिलथिलो पारेको छ । उसको शक्तिका अगाडि म कायल भएको छु । तिनैको छोरीसँग विहेको कुरा चलाउ । तिम्रा लागि यो भन्दा शक्तिशाली र उपयुक्त बधु मैले देखेको छैन ।’ आफूलाई बलशाली ठान्ने मुसो अन्ततः मुसैसँग सम्बन्ध गाँस्न पुग्यो ।

दुई तिहाईको सरकार बनेपछि माटो छोए सुन हुन्छ भन्ने मनोविज्ञानमा रहेका नेपाल कम्युनिष्ट पार्टीका आम नेता तथा कार्यकर्ताको हैसियत त्यही मुसाजस्तै भएको छ ।

शक्तिपीठका एकाध सय भक्तबाहेक अरुको अवस्था शरणार्थीजस्तै छ । छोटे नेताहरुका लागि जनप्रतिनिधिको जागिर अलि समयका लागि चिनीको चास्नीमा डुबेको कमिलाको जस्तै हुने निश्चित छ । स्थानीय तह थोर बहुत जनतासँग नजिकै छन तर, प्रदेशको संरचना कसैलाई नछुने टापूजस्तै भएको छ ।

केपी ओली जसको राजनीतिक मनोविज्ञान नै संघीय गणतन्त्र विरोधी छ, उनैलाई त्यो शासनसत्ताको तालाचाबी बुझाउनु भनेको उचित लालनपालनका लागि मृगको बच्चा बाघलाई जिम्मा लाउनुजस्तै हो । ओलीको पहिलो कर्तव्य भनेको पद्दति नभएर आफ्नो बजार प्रवर्द्धन गर्नु हो ।

नेपाल कम्युनिष्ट पार्टीभित्र रातारात बनेका जर्नेलहरुको अस्वाभाविक प्रवेश बन साङलाबाट प्रताडित घर साङलाको हालजस्तै भएको छ । मतभेद मनभेदको त्यो चुलीमा पुगेको छ कि बरु मुसलमानको सिया, सुन्नी समुदाय एक भएको खबर आए आश्चर्य नमाने हुन्छ तर नेकपाका नेताहरुको एकता भीर–भैंसीजस्तै भइसक्यो । गुलामीतन्त्रकोे सुरुङमा फसेका नेताहरुको अवस्था न गरी खानु, न मरी जानुको घिटिघिटीमा छ ।

केपी ओली जसको राजनीतिक मनोविज्ञान नै संघीय गणतन्त्र विरोधी छ, उनैलाई त्यो शासनसत्ताको तालाचाबी बुझाउनु भनेको उचित लालनपालनका लागि मृगको बच्चा बाघलाई जिम्मा लाउनुजस्तै हो । ओलीको पहिलो कर्तव्य भनेको पद्दति नभएर आफ्नो बजार प्रवर्द्धन गर्नु हो । नेताहरुको टाउकोमा कर्मचारीले यसरी जाँतो घुमाएका छन कि अबको आधा दशकमा संवैधानिक निकाय मात्र होइन, मन्त्रिपरिषद् सदस्यको ठूलो हिस्सामा उनीहरुले कब्जा जमाए भने आश्चर्य नमाने हुन्छ ।

सुकिला मुकिला वर्ग आफ्नो स्वार्थका लागि यति चलाख छ, आफूलाई चिप्ल्याइएको नेताहरुले एक दशकपछि पत्तो पाउँछन् । कन्याएर सिध्याउने हुँडार चरित्र यिनीहरुको जीनभित्र छ । एउटा मुख्यसचिवले सरकार प्रमुखसँग पदका लागि दलाली गरेर आफ्नो पक्षमा निर्णय गराउने परम्परा नै बस्नु नोकर शाहतन्त्रको नाङ्गो उदाहरण हो ।

आफ्नो स्वार्थका लागि जुनसुकै बाटो अख्तियारी गर्न सुविधा रहेको दम्भ सरकार प्रमुखमा छ भने आफू अनुकूल जो कसै सचिवलाई मुख्यसचिव बनाए त खेल नै खत्तम । अरुलाई देखाउन भ्यागुता धार्नीको नाटक किन गर्नुपर्यो ? केपी ओली प्रवृत्तिले सरकारमा असहिष्णुताको प्रदूषण बढ्यो भन्ने चिन्ता होइन, यो प्रवृत्ति सक्कल बम्मोजिम नक्कल टिपेर अर्को पुस्ताको भविष्य सिध्याउने तानाबाना नबुनियोस् भन्ने कामना मात्र हो ।

प्रचण्डले खुँडा तरबारले मान्छे गिँडेर सफायालाई सार्थक बनाए । तर केपी ओलीले दार्हा र नंग्रा झिकेर साँचो सफायाको प्रयोग गरिदिए । न शिकार गर्न सकिने न कसैले शिकार गरेर दिएको चीज चपाउन सकिने अवस्था प्रचण्डको छ ।

हिजोसम्म प्रचण्डलाई पशुपतिनाथभन्दा आफू आदरणीय रहेको भ्रम थियो । गिरिजाप्रसाद, शेरबहादुर, सुशील, झलनाथदेखि माधव नेपालसम्मलाई घाँस चर्न पठाएको आत्मरति थियो । अहिले ओली उनका लागि यस्तो दुशासन भएर उदाए कि थाल खाउँ कि भात खाउँ जसरी दिन काट्नु परेको छ । अपमानको आँसु पिउँदै बाँच्नु परेको छ । अहिले आज रन्किने, भोलि सन्किने र पर्सी थन्किने अवस्था छ । ओलीले दर्शन दिएका दिन पदेन अध्यक्षको लाज छोपिने अवस्था छ । ओलीले कतिबेला आफ्नो शक्तिपीठमा आगो झोसिदिने हुन भन्ने त्राहीत्राहीले निद्रा भागेको धेरै भइसक्यो ।

प्राण जाने बेलामा रावणले रामसँग भनेका थिए–‘तिम्रो भाइ तिमीसँगै छ त्यसैले जित्यौ । मेरो भाइ तिमीसँग भएकाले मैले हारें ।’ कुलद्रोहको परिणाम खतरनाक हुन्छ । पूर्वमाओवादीका नेता स्वार्थको चास्नीमा भुलेर ओलीका रक्षक भएका छन् । प्रचण्डले शिफारिस गर्ने नाममा समेत ओलीको हस्तक्षेप भएपछि प्रचण्डभित्र कस्तो असुरक्षाको बादल मडारिएको होला आफैं अनुमान गर्न सकिन्छ । प्रचण्डले खुँडा तरबारले मान्छे गिँडेर सफायालाई सार्थक बनाए । तर केपी ओलीले दार्हा र नंग्रा झिकेर साँचो सफायाको प्रयोग गरिदिए । न शिकार गर्न सकिने न कसैले शिकार गरेर दिएको चीज चपाउन सकिने अवस्था प्रचण्डको छ ।

प्रचण्ड, माधव र झलनाथको मनोग्रन्थीमा ओली भाइरस यसरी प्रवेश गरेको छ कि आफ्नै घरपरिवार र सुरक्षाका संयन्त्र पनि दृष्टिदोषमा परिसकेका छन् । ओलीले चलाउने एन्टीभाइरसका अगाडि यिनीहरु लुलो, धुलो हुन पुग्छन् । न जनयुद्धको तुरुप काम लाग्यो, न बहुमतको धम्की नै ।

माधव नेपालको त शुभेच्छा नै अछूत गर्ने ओलीले उनलाई कति भाउ दिन्छन भन्नै परेन । प्रतिशोधका विद्यावारिधि ओलीले नेपालका अघिल्तिर निरीह भएर डेढ दशक घाट कुरेको बिर्सिएका छैनन् । पात्रो बनाएर चिनो लगाई लगाई हिसाव चुक्ता गर्दैछन् ।

झलनाथ खनालको अवस्था भात खान सर्पको नाम बेच्नुपर्ने हालतमा पुगेको छ । सरकारी कोषबाट करोडौं बुझेका उनको नैतिक धरातल कति गर्विलो र दर्विलो छ भन्ने लोभबाटै प्रमाणित हुन्छ । उनका लागि अख्तियारको एउटा पत्र अब सधैंका लागि सर्पका अघिल्तिर बजाउने बिन हुनेछ । छोरी कुटेर बुहारी तर्साउने खेलमा ओलीलाई कसैले नचिताए हुन्छ । सरकारको बाँकी अवधि यसरी नै ओलीको तारिखमा धाएरै बिताउनुपर्ने अवस्था आएमा प्रचण्ड र माधव नेपालले राजनीतिबाट सन्यासको घोषणा गर्न बेर छैन । नेता जोगी हुने त्यागले नभएर कर्तव्यबाट च्यूत भएपछि हो ।

देश बनाउन दम्भ हैन, इमान चाहिन्छ । आकारमा ठूलो भइरहन जरुरी छैन । काठमाडौं जत्रो सिंगापुरका जनताले भीसाका लागि संसारका कुनै देशमा लाईन लाग्न जरुरी छैन । बरु ‘मेरो देशमा पाइला टेकिदेउ’ भनेर रातो कार्पेट विछ्याउनेको ओइरो छ ।

यहाँ को शक्तिशाली, को कमजोरको मापदण्ड छैन । ओलीका आँगनमा झण्डावाल गाडी र नेता कार्यकर्ताको भीड हुँदा आफ्नो आँगन शून्य हुनुको पीडा ती नेताका लागि कोरोनाभन्दा कम घातक हुन्न । हाम्रो आध्यात्मिक दर्शन पनि शक्तिसापेक्ष छ । निशस्त्र मानिने गौतम बुद्ध, भगवान राम, महादेव, कृष्णको उत्सव वर्षको एकदिन मनाइन्छ । तर रक्तमुछेल टाउकाको माला धारणा गर्ने देवीको आराधना १५ दिन चल्छ । दशैंको चहलपहल महिनौअघि हुन्छ । आखिर किन ? त्यही मालाको कमाल हो । टाउकाको मालाको ठाउँ रुद्राक्षले लिएको हुन्थ्यो भने निश्चय नै दशैंको महिमागान यस्तो हुँदैनथ्यो ।

देश बनाउन दम्भ हैन, इमान चाहिन्छ । आकारमा ठूलो भइरहन जरुरी छैन । काठमाडौं जत्रो सिंगापुरका जनताले भीसाका लागि संसारका कुनै देशमा लाईन लाग्न जरुरी छैन । बरु ‘मेरो देशमा पाइला टेकिदेउ’ भनेर रातो कार्पेट विछ्याउनेको ओइरो छ । एउटा दलदले जमिन स्वर्ग बनाउने लिक्वान युमा माइक मेनियाको भूत कहिल्यै सवार भएन । बरु देश निर्माणको भिजनका विषयमा सबैका भनाइ सुन्थे । विद्वत समूहसँग बहस गर्थे । अन्तिममा उनको एउटै जिज्ञासा हुन्थ्यो–‘यो निर्णय गर्दा सिंगापुरले कति पाउँछ, कति गुमाउँछ ?’ जब गुमाउने बद्लामा पाउने पल्ला भारी भएको निष्कर्ष निस्कन्थ्यो, उनी आँखा चिम्लिएर ल्याप्चे लगाउँथे ।

नेपालीको मानस्पटलमा दरिद्र मुलुकको दृश्य घुम्ने इथियोपिया दोहोरो आर्थिक वृद्धि दरको बाटोमा लागिसक्यो । अहिले त्यहाँ विकासको विकल्प विकास मात्र देख्न पाइन्छ । इथियोपियाबाट थाइल्याण्ड दैनिक सीधा हवाई सेवा छ । यो यथार्थसँग कति नेपाली जानकार छन ? आफ्नो देशलाई साँचो अर्थको देश बनाउने प्रयास यहाँ कहिल्यै भएन । जसले प्रयत्न गर्यो, त्यसको प्रयासमा चरु हाल्ने कर्तव्य सम्झेनौं । यो पुस्तौं पुस्ताबाट हुँदै आएको गल्ती हो ।

सवैभन्दा चुरो सत्य त के भने फेसबुकमा राष्ट्रियता पोख्यौं, उठायौं । चन्द्र सूर्य अंकित झण्डाको कपडामा गलफत्ती गर्यौं । स्वदेशमा पृथ्वीनारायण शाहको सालिक उखेल्यौं, चीन गएर माओको सालिक परिक्रमा गर्यौं । गाईको मासुका विषयमा वाकयुद्ध गर्नमा रमायौं तर तारे होटलमा ‘बिफ’ मगाएर युद्धको रोडम्याप कोर्नेहरुको अनुहार सम्झिन दरकार राखेनौं ।
सवै नामका अगाडि जन थप्नुलाई राजनीतिक उपलब्धिको मापन बनाइयो । चालीस लाख नेपाली मुलुक बाहिर छन् । हो, संसार गाउँ बनेको अवस्थामा जो जहाँ जान, कर्म गर्न र पढ्न स्वतन्त्र छन । तर ३ सय ६५ दिन देशलाई सराप्ने खेती कुन देशको सभ्यताभित्र पर्छ ?

कचौरा जत्रो देशमा खेलकुद टुँडिखेलभन्दा ठूलो भयो । सबैथोकको सट्टा अर्ती उत्पादन हुन थाल्यो । फेसबुकमा प्रकाशित दिउँसै रात पार्ने खालका अपराध र स्वार्थ प्रेरित वाणीहरुको विस्कुनमा सबै रमाए । व्यक्तिपिच्छेका प्रवक्ता जन्माइए । विदेशमा चौकीदारी गर्नेलाई देशको मन्त्री, प्रधानमन्त्री भएको भ्रम पलाउन थाल्यो ।

राजनीतिको मात यसरी लाग्यो कि घरबार साहुको नाममा बन्धकी राखेर अरबमा पसिना बगाउन गएको एउटा नेपाली कामदार सुत्केरी श्रीमतीलाई ज्वानो ख्वाउने खर्च पठाउन चुक्यो । दमले ग्रस्त बाउआमाको स्वास्थ्योपचारमा सहायक बन्न बिर्सियो । बरु नेताको आतेजाते, लवाई खवाई, बसाईको जिम्मा लिएर विमानस्थलमा खादा ओढाउँदै उसँग सेल्फी खिचेर फेसबुकमा अपलोड गरेको क्षण उसका लागि जीवनको सर्वाधिक सुखद र उपलब्धिमूलक घडी बन्न थाल्यो । विश्वमा एक देशबाट अर्को देशमा काममा जानु अब सभ्यताभित्र पर्छ । तर नेपाली मात्र त्यस्ता कामदार हुन, जसलाई मजदुरीभन्दा नेतागिरीको भोक छ ।
पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाका भाइ चीनमा मजदुरी गर्छन । उनले दाजुको फुर्ती लगाएको समाचार मिडियामा कहिल्यै सार्वजनिक भएन । दाजु अमेरिकाको राष्ट्रपति हुँदा जागिर छोडेर किचेन क्याविनेटको धूनी बाल्न अमेरिका फर्किएको खबर पनि कतै सुनिएन ।

भारतीय बालकले तोते बोली फुट्नासाथ जानेको डाइलग हो–‘दूध मागे तो खिर देंगे, कस्मिर मागे तो चिर देंगे ।’ माटोप्रतिको ममता हाम्रो भूमिमा शून्य छ । बोर्डिङ पढ्ने छोरोले टाइगर भन्यो त ठीक छ, झुक्किएर बाघ उच्चारण गर्यो भने लगानी डुबेको सम्झिएर बाउआमाको रोइलो शुरु हुन्छ ।

आफ्नो देशमा प्रदूषणका कारण हुस्से लाग्ने क्रम बाक्लिन थालेपछि भारतले दिउँसै हेडलाईट बल्ने मोटरसाइकल बजारमा ल्यायो । भारतको बजारमा पानी परेपछि नेपालमा छाता ओढ्नुपर्यो नै । आखिर दिउँसै हेडलाईट बल्ने मोटरसाइकल नेपालको सडकमा बगे्रल्ती देखिए । ब्रिटिस उपनिवेश बनेको भारतमा गोराहरुले दाहिने स्टेयरिङ भएको गाडी चलनमा ल्याए । त्यही सक्कल बम्मोजिम नक्कल नेपालमा उत्रियो । हिन्दी सिनेमा हल गएर हेर्ने सम्मानित नेपाली नागरिक दरिन्छ । हिन्दी गीत हुबहु गुनगुनाउने अब्बल कलाकार प्रमाणित हुन्छ । चारधाम घुमेर आउनेको स्वर्ग सुरक्षित हुन्छ । काशीमा गएर पिण्ड बाटनेले पितृका लागि थप भार उठाउनु पर्दैन । अलि कम्मर मर्काउने छोरो जन्म्यो भने सिधै टाइगर श्राफसँग तुलना गरिन्छ ।
तर नेपाली नेता भारत छिर्यो कि त सीधै अपराधीको दर्जामा राखिन्छ । राष्ट्रियताको परिभाषा विचित्रको छ । एउटा नर्सरी पढ्ने भारतीय बालकले तोते बोली फुट्नासाथ जानेको डाइलग हो–‘दूध मागे तो खिर देंगे, कस्मिर मागे तो चिर देंगे ।’ माटोप्रतिको ममता हाम्रो भूमिमा शून्य छ । बोर्डिङ पढ्ने छोरोले टाइगर भन्यो त ठीक छ, झुक्किएर बाघ उच्चारण गर्यो भने लगानी डुबेको सम्झिएर बाउआमाको रोइलो शुरु हुन्छ ।

ठेटना मकै अखाद्य, पपकर्न प्रिय मानिन दर्शन कहाँबाट शुरु भयो । आलु कोक्याउने, चिप्सले जीब्रो लठ्याउने, यो संस्कार राज्यले बसाएको कि जनताले ? भारत, चीनका कारण समस्यामा जाकिने हैन । समस्या त सोचमा हो । खसी, कुखुरा, गाई, गोरुको मासुमा हामी विभाजित हुन्छौं भने त्यसको दोषी को ? आफ्नो आँगन फोहोर गरेर अरुलाई बढार्न प्रोत्साहित गरेपछि हस्तक्षेपको राग अलाप्न मिल्छ ? सत्य के हो भने पकाएर पानी बाक्लो र फकाएर मान्छे आफ्नो किमार्थ हुन्न ।

अहिले अति समृद्ध मुलुक जापानको संविधान अमेरिकाले बनाइदिएको हो । अमेरिका नै त्यो देश हो, जसले जापानमा एटम बम खसालेर लाखौं निर्दोष जापानीको ज्यान लिएको थियो । तर त्यो देशमा अमेरिका विरुद्ध प्रदर्शन भएको कसैलाई थाहा छैन । एक जापानी नागरिकलाई सोधियो–‘यत्रो अप्रिय इतिहास हुँदा पनि जापानी नागरिक किन कहिल्यै अमेरिका विरुद्ध प्रदर्शन गर्दैनन ?’ उसले दृढतापूर्वक जवाफ दियो–‘आफ्नो देशमा आफ्नो शत्रुको विरोध गरेर लफडाबाजी गर्नु ती कमजोर निकम्माको कर्म हो । जो वास्तवमा केही गर्न चाहँदैनन । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाईट हाउसमा जापानमा बनेका टेलिफोन, टीभी सेट राखिएका छन् । यो नै हाम्रो विजय र बदला हो ।’

नेपालको सेतो सुन मानिने पानीबाट उत्पादन भएको बिजुलीको उज्यालोमा उभिएर भारतीय नेताले भर्चुअल बैठक गरेका दिन नेपाली मुटु नाङ्लोभन्दा फराकिलो हुने थियो । त्यो जवाफ अमेरिकासँग जापानले पत्थरको बदला फूल दिएको भन्दा कम कहाँ हुन्थ्यो र ?

[email protected]

प्रतिकृयाहरु
Loading...