प्रेममा त्याग देखाउँदै आँचल शर्मा र जेपी शाह

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रलाई एकपछि अर्को चर्चित गीत दिइरहेका राजनराज सिवाकोटी र एलिना चौहानले नयाँ म्युजिक भिडियाे सार्वजनिक गरेका छन् ।

गीतकार, संगीतकार तथा गायक राजनराज र गायिका एलिनाको ‘जाउँ माया जाउँ’ बोलको नयाँ म्युजिक भिडियाे सोमबार सार्वजनिक गरिएको हो । उक्त गीतमा राजराजन र एलिनाको स्वर तथा राजनराजकै शब्द सृजना र संगीत रहेको छ । सो गीतको भिडियाेलाई नितिन चन्दले निर्देशन गरेका हुन् । विशाल महराले कोरियोग्राफी गरेका छन् ।

विशाल र नितिनले नायिका आँचल शर्मा, जेपी शाह र हर्ष तण्डुकारलाई अभिनय गराउँदै नचाएका छन् । गीतको भावअनुसार अभिनय र नृत्यले म्युजिक भिडियाेलाई जीवन्त दिन प्रयास गरिएको छ । प्रेमभाव रहेको सो गीतमा शहरको सुख सुविधालाई त्यागेर गाउँघरमा जाने प्रसङ्गलाई कलात्मक रुपमा प्रेमभावलाई दर्शाइएको छ । जसमा आँचल र जेपी शाहले अभिनयमार्फत गीतलाई जीवन्त मात्रै दिएका छैनन्, भिडियाेलाई आकर्षक पारेका छन् ।

प्रेमी र प्रेमिकाबीच आफ्नो मायालाई जीवन्त प्रदान गर्न शहरको सुख सुविधालाई त्यागेर गाउँको दुःखदायी अवस्थालाई स्वीकार्ने गरी फर्केन विषयलाई मार्मिक रुपमा शब्द र अभिनयमा उतारिएको गीत र भिडियाेमा सुन्न र देखिन सकिन्छ । शहरबाट गाउँ फर्केको देखाइएको सो भिडियाेमा आँचल र जेपीले एकअर्काप्रति समर्पण भाव दर्शाउँदै प्रेम प्रकट गरेको देख्न सकिन्छ ।

‘जाउँ माया जाउँ हामी, जाउँ हिँड जाउँ, ढुङ्गाको सिरानी सेउलाको डस्ना जान्छ्यौत त मसितै ओढारमै बस्न’ जस्ता शब्दले गीत ओझिलो प्रदान गरेको छ ।

भिडियो यहाँ हेर्नुहोस्:

 

प्रतिक्रिया