मेलिना र दिपकको ‘सागर भन्दा निश्चल माया’ बजारमा (भिडियोसहित)

काठमाडौं । लोकप्रिय गायिका मेलिना राइ र गायक दिपक चौलागाइँको सुमधुर आवाजमा सजिएको ‘सागर भन्दा निश्चल माया’ बोलको गीत बजारमा आएको छ ।

जसमा बाल कलाकार आयुष के सीको पनि स्वर रहेको छ । गायक चौलागाइँ र रोनिङ राइको संगीत रहेको गीतमा रोनिङ कै शब्द रहेको छ । उक्त गीतमा नायिका केकि अधिकारी र गौरभ शाहिको भिडियो फिचर गरेका छन् ।

गीतको अडियो तथा भिडियो निकै नै उत्कृष्ट बनेको छ । भिडियोमा अमन बडुको छायाँकन र सम्पादन रहेको छ । भने, सोमन तामाङले निर्देशन गरेका छन् ।

भिडियोलाइृ यहाँ हेर्नुहोस् :

प्रतिक्रिया