मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

नेपाल आइडल सिजन ३ को पुरस्कार वितरण आज

काठमाडौं । नेपाल आइडल सिजन ३ को पुरस्कार वितरण आज गरिएको छ ।

कोरोना महामारीकाबीच फाइनल भएको नेपाल आइडल सिजन ३ का कलाकारहरुले आज पुरस्कार पाएका हुन् । विजेताहरुलाई आज पुरस्कार वितरण गरिएको नेपाल आइडलले जानकारी दिएको छ । पुरस्कार प्राप्त गर्ने कलाकारहरुमा सज्जा चौलागाईँ, प्रविन बेडवाल र किरण कुमार भुजेल रहेका छन् ।

सिजन ३ की विजेता सज्जा चौलागाईँ भएकी थिइन्, भने फस्ट रनरअप प्रविन बेडवाल र सेकेन्ड रनरअप किरण कुमार भुजेल भएका थिए । पुरस्कार राशि क्रमशः विजेता सज्जाले पचास लाख, प्रविनले दश लाख र किरणले पाँच लाख पाएका छन् ।

कोरोना कहरकाबीच नतिजा घोषणा भए पनि पुरस्कार भने वितरण गरिएको थिएन । सिजन ३ प्रतियोगिताकाे फाइनल भने, गत भदौमा भएको थियो ।

प्रतिकृयाहरु
Loading...