शनि विश्वकर्माको दोस्रो गीत ‘साइत’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । पहिलो आइएमई लोक स्टारका बिजेता शनि विश्वकर्माको दोस्रो गीत ‘साइत’ सार्वजनिक भएको छ । अमित बाबु रोकायको अफिसियल युट्युब च्यानलबाट ‘साइत’ काे गीतिभिडियाे सार्वजनिक गरिएको हाे ।

शनिलाई गायिका शान्ता रानि परियारले साथ दिएकी छन् । मनजित पहाडिको शब्द, अतिम बाबु रोकायको संगीत रहेको सो गीतमा विनोद बाजुरालीको एरेञ्ज रहेको छ । भिडियाेमा ध्रुव हिमालीको निर्देशन र मनोज कार्कीको सम्पादन रहेको छ ।

आउँदै गरेको नेपालीहरुको महान पर्व दशैंलाई लक्षित गरि उक्त गीतलाई बजारमा ल्याईएको हाे । गीतको अडियो तथा भिडियो निकै नै उत्कृष्ट बनेको छ ।

भिडियो यहाँ हेर्न सकिन्छ :

प्रतिक्रिया