रिलिज पुर्व नै चर्चामा रहेको ‘झ्यालमा पर्दा छ’ (भिडियोसहित)

काठमाडौं । लोकप्रिय गायक खेम सेञ्चुरी र गायिका सुमन थापा मगरको कर्णप्रिय स्वरमा सजिएको ‘झ्यालमा पर्दा छ’ बोलको गीत भर्खरै मात्र सार्वजनिक गरिएको छ ।

नेत्र अर्यालको शब्द र गायक सेञ्चुरीको संगीत रहेको सो गीतको अडियो र भिडियो निकै नै उत्कृष्ट बनेको छ । उक्त गीतमा लोक दोहोरीका बिभिन्न हस्तीहरुलाई समाबेश गरिएको छ । गीतमा पत्रकार ऋषि धमलालाई पनि देख्न सकिन्छ ।

सो गीतमा प्रकाश भट्टको निर्देशन,विष्णु शर्माको सम्पादन र नवराज उप्रेती, रविन्द्र न्यौपाने र विबेक थापाको छायांकन रहेको छ । सार्वजनिक हुनु पुर्व नै टिकटकमा हिट भएको सो गीतलाई दर्शकले निकै नै प्रतीक्षा गरेका थिए ।

उक्त गीतलाई गायक सेञ्चुरीको अफिसीयल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । सार्वजनिक भएको केहि घण्टामा नै दर्शकले धेरै नै रुचाएका छन् ।

भिडियो यहाँ हेर्न सकिन्छ ।

प्रतिक्रिया