पहिलो लोक स्टार शनिको गुनासो–‘अझैसम्म पूरा पुरस्कार पाइसकेको छैन’ [भिडियोसहित]

  • एन्जिला क्षेत्री

काठमाडौं । नेपालकै पहिलो आइएइ लोक स्टार हुन्, शनि विश्वकर्मा । रोल्पामा जन्मे/हुर्केका शनि सानोमा जम्पिङ्ग र डान्सिङ्गमा खुबै रुची राख्थे । एउटा मध्यम वर्गीय परिवारमा जन्मिएर हुर्केका शनि सानैदेखि पढाइमा पोख्त थिए । मध्यम वर्गीय परिवार भएका कारण उनका बुबा कामको सिलसिलामा छिमेकी देश भारतसम्म पुग्ने गर्थे ।

घरमा आमा दिदीहरु खेतबारीको काम गर्थे । उनीहरुसँगै शनि पनि खेतबारीमा काम गर्ने, गोठालो जाने र घाँस-दाउरा गर्ने गर्थे । सानोमा उनलाई आफू गायक बन्छु भनेर कहिल्यै नलागेको शनि बताउँछन् । बरु उनलाई सानो छँदा डाक्टर बन्ने खुबै रहर थियो । भनिन्छ, उमेरसँगै मानिसहरुका रहर र इच्छा-चाहना पनि परिवर्तन हुन्छन् । त्यस्तै उनको पनि रहर र सपना परिवर्तन भयो । अन्ततः उनी गायक भए ।

उनलाई चिन्ने दर्शकहरुले ‘लोक गायक’ भनेर चिन्छन् । तर, उनी भने सबै किसिमका गीतसंगीतलाई उतिकै न्याय गर्न सक्ने गायक हुन् । लोक स्टार बिजेता भएपछि झन्डै १ वर्षको लामो समयपश्चात् उनले ‘झुम्का झलक्कै’ बोलको गीत बजारमा लिएर आएका छन् ।

शनि लोक स्टारमा आउनुपूर्व नै लोक गीतसंगीत पारखीहरुले उनलाई राम्रो गाउन सक्ने भनेर चिनिसकेकका थिए । लोक स्टारमा आउनुभन्दा अगाडि विभिन्न सञ्चारमाध्यममा आएर चर्चित बनिसकेका शनिलाई धेरै दर्शकले मन पराइसकेपछि उनलाई मैले पनि राम्रो गाउन सक्ने रहेछु भन्ने महसुस भएको थियो ।

दाङमा बसेर प्लस टू पढ्दै गरेका शनि गाउँघरमा हुने कार्यक्रम, मेला, महोत्सव तथा विभिन्न तवरका कार्यक्रमहरुमा लोक गीत गाउने गर्थे । लोक स्टारको यात्रापश्चात् लामो समयपछि गीतसंगीतमा जोडिएका शनि भन्छन्–‘जस्तोसुकै परिस्थीतिमा पनि छाडा गीत गाउँदिनँ,’ शनि सबै विधाका गीतसंगीत सुन्ने र गुनगुनाउने गर्छन् । भन्छन–‘शिव परियार, रामजी खाण, राजेशपायल राई, स्वरुपराज आचार्य, प्रमोद खरेललगायतका अग्रजहरु मेरा आइडल हुन् ।’

नेपालमा जति पनि रियालीटि शोहरु छन् । तिनबाट लुकेर रहेका प्रतिभाहरुले राम्रो स्थान पाउने गर्दछन् । त्यस्तै लोक स्टारले पनि राम्रो प्रतिभावान् कलाकार पायो । तर, लोक स्टार बनेको शनिको एउटा गुनासो छ । उनले आफूले पाउनुपर्ने पुरस्कार राशी पूरा पाइनसकेको बताउँछन् । उनी भन्छन्, ‘पाउनुपर्ने पूरा रकम पाएको छैन । आधा पाए पनि पूरा पाउन बाँकी छ ।’

लोक स्टारको सिजन २ भने विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण रोकिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया