प्रविन र समीक्षाको ‘नबोली नबोली’ बजारमा (भिडियोसहित)

काठमाडौं । नेपाल आइडल सिजन ३ का प्रतिस्पर्धी प्रविन बेडवाल र पछिल्लो समयकी चर्चित गायिका समीक्षा अधिकारीको स्वरमा सजिएको ‘नबोली नबोली’ बोलको गीत सार्वजनिक भएको छ ।

सो गीतमा शब्द संगीत र एरेञ्ज अर्जुन पोखरेलको रहेको छ । गीतमा सुधीर श्रेष्ठ र गरिमा शर्माको अभिनय रहेको छ ।

उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन र बिधान कार्कीको निर्देशन रहेको सो गीतलाई ‘द डिभाइन म्युजिक’को युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो यहाँ हेर्नुहोस्

 

प्रतिक्रिया