कृष र एलिनाको ‘जुनकिरी’ बजारमा (भिडियोसहित)

काठमाडौं  । रङ्गकर्मी कृष पाण्डे र पछिल्लो समयकी चर्चित गायिका एलिना चौहानको सुमधुर आवाजमा सजिएको ‘जुनकिरी’ बोलको गीत भर्खरै मात्र बजारमा आएको छ ।

सागर खरेलको शब्द, गायक पाण्डेकै संगीत रहेको गीतको भिडियोमा पाण्डे र चौहानकै अभिनय देख्न सकिन्छ । लगनशिल र मेहनती पाण्डेले यस भन्दाअघि आधा दर्जन बढी गीतमा स्वर दिइसकेका छन् । सो गीतमा विकास सुवेदीको छायाँकन र मोडल तथा गायक पाण्डेको सम्पादन रहेको छ ।

गीतको भिडियोलाई ड्रिम शोको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
भिडियोसहित

प्रतिक्रिया