गायक तथा मोडल बिक्रमको ‘जुनेली रातमा’ बजारमा (भिडियोसहित)

काठमाडौं गायक तथा मोडल बिक्रम बुढा क्षेत्रीको आवाजमा सजिएको ‘जुनेली रातमा’ बोलको गीत भर्खरै मात्र बजारमा आएको छ ।

जसमा पछिल्लो समयकी व्यस्त गायिका एलिना चौहानले क्षेत्रीलाई साथ दिएकी छिन् । गायक बिक्रमकै शब्द तथा संगीत रहेको उक्त गीतमा नरेन्द्र बियोगीको एरेन्ज रहेको छ । म्युजिक क्षेत्रमा लागेको छोटो समयमै धेरै दर्शक तथा स्रोताहरुको माया पाएका बिक्रमले केही समयको अन्तरालपश्चात् उक्त गीत ‘जुनेली रातैमा’ बजारमा लिएर आएका छन् ।

बिक्रमले भने, ‘लामो समयपछि दर्शकहरुमाझ जुनेली रातैमा कोशेली लिएर आएको छु । आशा छ पहिलाका गीत संगीतलाई माया गरेजस्तै यो गीतलाई पनि माया गर्दिनु हुनेछ ।’

उक्त गीतमा प्रेम प्रकाश क्षेत्री, पूजा क्षेत्री, र सुस्मिता खड्काले न्यायपूर्ण ढङ्गले फिचरिङ गरेको देख्न सकिन्छ । अडियो÷भिडियो दुबै आकर्षक बनेको छ । देवजंग थापाको छायांकन तथा प्रदिप बस्नेतको सम्पादन रहेको उक्त गीतलाई गायक बिक्रमले नै निर्देशन गरेका छन् ।

भिडियो गायिका एलिना चौहानको अफिसियल युट्युबबाट सार्वजनिक गरिएकाे छ ।
भिडियो हेर्नुहोस्

प्रतिक्रिया