गायिका प्रमिला राईकाे ‘रुप मेरो’ बजारमा

काठमाडाैं । नेपाल आइडलबाट चचार्मा आएकी  प्रतिभाशाली गायिका प्रमिला राईको आवाजमा रहेकाे ‘रुप मेरो’ बाेलकाे गीत बजारमा आएको छ ।

उक्त गीतरभिडियोलाई गायिका राईकै अफिसियल युट्यूब च्यानल प्रमिला राईबाट सार्वजनिक गरिएको छ ।  सञ्जीव सिंहको शब्द/संगीत रहेकाे साे गीतमा दिनेश श्रेष्ठको एरेञ्ज रहेको छ ।

गीतकाे भिडियोमा गायिका स्वयम् र  गायक प्रताप दासले फिचरिङ्ग गरेका छन् । राईका याेभन्दा पहिलेका गीतहरु पनि दर्शक तथा स्रोताहरुले अत्यधिक मन पराएका थिए ।

आशा गराैं राईकाे  याे गीतलाई पनि दर्शकले मन पराउनेछन् ।

भिडियो यहाँ हेर्न सकिन्छ

प्रतिक्रिया