संक्रमित क्याप्टेन लामा भन्छन्- ‘कोभिडलाई हल्का नलिनु होला, यो सामान्य रोग होइन’

काठमाडौं । करिब एक साताअघि कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएका नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामाले पछिल्लो समय आफू स्वस्थ हुँदै गएको जानकारी गराएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले आफ्नो स्वास्थ्यबारे जानकारी गराएका हुन् । उनले भनेका छन्, ‘एकदम जटिल अवस्थाबाट पार भइ पुनः स्वस्थ बन्दै छु ! अबको केही दिनपछि डिस्चार्ज हुने आशा राखेको छु !’

अहिले कमजोरीपनको लक्षण नदेखिएको, राती निन्द्रा परेको र इन्फेक्सन लेभल पनि घटेको उनको भनाइ छ ।

यस्तै उनले कोभिड १९ लाई हल्का रुपमा नलिन पनि सबैलाई आग्रह गरेका छन् । साथै उनले आफू अब छिट्टै डिस्चार्ज हुने र छिट्टै उडान भर्ने पनि जानकारी गराए । ‘मेरो विनम्र अनुरोध सबैमा । बिन्ती छ, यो काेभिडलाई हल्का नलिनु होला ! आफ्नो सुरक्षामा कतै नचुक्नु होला ! यो सामान्य रोग होइन ! यस्ले ज्यान लिन सक्छ !’

प्रतिक्रिया