नेपालमा किशोरकिशोरीलाई बढी मानसिक समस्या, निको हुन के गर्ने ?

काठमाडौं । १६ वर्ष उमेर समूहका किशोरकिशोरीमा सबैभन्दा बढी मानसिक समस्या देखिएको एक अध्ययनले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षणले १६ वर्ष उमेरका ७.७ प्रतिशत किशोरकिशोरी बढी मानसिक समस्यामा पर्ने गरेको देखाएकाे हाे ।

परिषद्का कार्यकारी निर्देशक डा. प्रदीप ज्ञवालीका अनुसार तिमध्ये किशोरीमा ५.३ प्रतिशत र किशोरमा पाँच प्रतिशत मानसिक समस्या देखिएको छ । परिषद्ले सार्वजनिक गरेको प्रतिवेदनमा प्रदेश नंं १ का किशोरकिशोरीमा सबैभन्दा बढी मानसिक समस्या देखिएको छ । त्यहाँका ११.४ प्रतिशत किशोरकिशोरीमा समस्या देखिएको उनले बताए ।

यस्तै ५.२ प्रतिशत किशोरकिशोरीमा मानसिक समस्या, ०.६ प्रतिशतमा उदासिनता, ३.९ प्रतिशतमा आत्महत्याको सोच र ०.७ प्रतिशतमा आफ्नो जीवनकालमा आत्महत्याको प्रयास गरेका पाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तै ०.६ प्रतिशतमा मादक पदार्थलगायत अन्य कुनै प्रकारको नसालु पदार्थको सेवनका कारण मानसिक समस्या आउने गरिएको उल्लेख गरिएको छ ।

सर्वेक्षणमा २३ प्रतिशत वयस्क युवाले आफूमा लक्षण देखिएपश्चात चिकित्सक वा अन्य व्यक्तिसँग सहयोग मागेको देखिएको छ । सहयोग प्रदायक व्यक्ति वा चिकित्सकमध्ये ६-५ प्रतिशत मनोचिकित्सक, ८.८ प्रतिशत अन्य विशेषज्ञता भएका चिकित्सक र ६-७ प्रतिशत जोखाना हेर्ने, पूजाआजा गर्ने र धामीझाक्री लगाउने गरेको पाइएको छ ।

यस्तै वयस्कमा सबैभन्दा बढी वागमती प्रदेशका ५ं.९ प्रतिशत मानसिक समस्यामा पर्ने गरेको प्रतिवेदनमा उल्लेख छ । उमेर समूहमा ९४० देखि ४९ ० वर्षका बयस्क ६.३ प्रतिशत मानसिक समस्या र तिमध्ये महिला ५.१ प्रतिशत र पुरुष ३.४ प्रतिशत रहेका छन् ।

सर्वेक्षणमा १० प्रतिशत वयस्कमा आफ्नो जीवनकालमा कुनै न कुनै समयमा र ४.३ प्रतिशत वयस्कमा हालको अवस्थामा पनि समस्यामा रहेको पाइयो । यस्तै तीन प्रतिशत वयस्क उदासिनताका, ६.५ प्रतिशतमा हालको अवस्थामा आत्महत्याको सोच र १.१ प्रतिशतमा आफ्नो जीवनकालमा आत्महत्याको प्रयास गरेको सर्वेक्षणमा पाइएको परिषद्का कार्यकारी निर्देशक डा. ज्ञवालीले जानकारी दिए ।

यस्तै ४.२ प्रतिशत वयस्कमा मादक पदार्थ सेवन गरेका कारण र ०.२ प्रतिशत नसालु पदार्थ सेवन गरेका कारणले मानसिक समस्यामा पर्ने गरेको उल्लेख छ । परिषद्ले सन २०१९ जनवरीदेखि सन् २०२० जनवरीसम्म सातवटै प्रदेशमा १५ हजार ८८ जनामा सर्वेक्षण गरेको थियो । तिमध्ये पाँच हजार ८८८ जना १३ देखि १७ वर्ष उमेर समूहका र नौ हजार २०० जना १८ वर्ष माथिका वयस्क थिए ।

मानसिक स्वास्थ्य समस्याका लक्षण :-
-डर लाग्ने
-निन्द्रा नलाग्ने
-भोग नलाग्ने
-निराशापन
-खुसी नहुनु
-अनौठा विचार आउने
-खानमा रुची नहुने
-हातखुट्टा झमझम हुने
-टाउको,छाती र पेट दुख्ने
-लामो लामो स्वास लिने
-एउटै कुरा दोहोर्याइरहने
-व्यवहारमा परिवर्तन हुने
-कमजोर महशुस गर्ने
-आत्महत्या गर्ने विचार आउने

उपचार कसरी गर्ने
यसको लगि विशेषज्ञकहाँ नै जानुपर्छ । कतिपय ठाउँमा विशेषज्ञ नहुन सक्छन् त्यस्तो बेलामा स्वास्थ्यकर्मीकहाँ गएर भए पनि सहयोग माग्नुपर्छ ।

औषधि लिएर वा काउन्सिलिङ गरेर यो रोग निको हुन्छ। दुवै गर्न सकियो भने अझै चाँडै निको हुन्छ । विज्ञहरूसँग कुरा गरेर तनाव व्यवस्थापन गरेर पनि निको पार्न सकिन्छ । औषधि र ‘साइको थेरापी’ सँगै गर्यो झन् चाँडो निको हुन्छ भनेर विज्ञानले पनि भनेको छ ।

प्रतिक्रिया